Skip to content

चुनाव आउँदा घर-गाउँमा

  • by

चुनाव आउँदा घर-गाउँमा राजनीति तुफान चल्छ
घोषणा पत्र एजेण्डामा देश निर्माणको बखान चल्छ

नारा जुलुस घन्काउँछन् गाउँ बस्ती चोकचोकमा
पार्टी बीचमा होडबाजी र प्रचारबाजी उठान चल्छ

झुक्याउनलाई दौडधुप गरीबका ती झुपडीमा
झुटा सिध्दान्तका चिप्ला भाषण रटान चल्छ

सत्ता भत्ता कुर्ची खेलमा बिगत त्यसै खेर फाली
खै त क्रान्ति ? त्यही सोधखोजको विधान चल्छ

इमानमा चल्न सके पाउँछन विश्वास जनताको
हारजित कस्को भन्दै अभिमतको किटान चल्छ

कल्पना पौडेल ‘जिज्ञासु”
खजुरा बाँके

Leave a Reply

Your email address will not be published. Required fields are marked *