किन पर पर हुन्छौ ए साइला
अलि वर वर आउन ए साइला
हात मा हात साथमा साथ
जीवन काटौला ए साइला
पापा र आमालाइ मनाइ
नमाने लानु भगाइ
आगो र पानी सहेर
जीवन काटौला ए साइला
आकाशै पारी को गावैमा
मायाको घरबार बसाउला
चखेवा जोडी बनेर
जीवन काटौला ए साइला
गुराँस फुल्ने पाखै मा
सुख र दुख काखैमा
मायाको चिनो बनेर
जीवन काटौला ए साइला
किन पर पर हुन्छौ ए साइला
अलि वर वर आउन ए साइला
मायाको संसार बसाइ
जीवन काटौला ए साइला
