Skip to content

माया गर्ने रहर

यौवन बैशालु मेरो नजर नशालु
चन्चले रहर मेरो बानी लजालु
आउ आउ आउ आउ रेल मा सरर
च्याप्प कसि माया गर्ने लाग्यो रहर

अल्लारे बैँस मेरो सोह्र बर्षको
नहुदा साथ तिमी जोवान के अर्थको
नौमती बाजा बजाइ आउला परदेशी
साटौला तिमी सङ्ग यो मन को खुसी

ए लौन आउ आउ आउ आउ रेल मा सरर
च्याप्प कसि सेल्फी लिने लाग्यो रहर

यो मन को राजा नौमती बाजा
काउकुती लाग्छ मलाइ खै किन आज
सिन्दुर र पोते चुरा हातैमा
सुख र दुख बितोस तिम्रो साथैमा

आउ आउ आउ सिउदो, सजाउ सरर
च्याप्प कसि माया गर्ने लाग्यो रहर









Leave a Reply

Your email address will not be published. Required fields are marked *