Skip to content

“तीम्रो तस्बिरको प्रतिबिम्ब”

तिमी सङ मिलन आज संयोग ले मिलायो 

सपनिमा तिम्रो तस्वीर आउदा आउदै बिलायो ।

ओठ को मुस्कान मन मन्द  मुस्कुराएकी

चम्किला ती नयनले मोहित पारी लोभ्याकि  ।

लहरा र पहरा जस्तै फहरिएको चुल्ठो 

त्यही चुल्ठो मा यो मन कतै पर्छकि गुजुल्टो ।

मुहार भित्र सालिन मुस्कान अटल भै बस्छकी

दुई नयनको फन्को मा  प्रेमको भाब पस्छकी ।

निस्छ्ल त्यो आकृति मा मायाको छाया परोस

बिश्वास र भरोसामा आशा कहिले नमोरोस। 

दन्ती लहर डाको छोडी हिमाल झै मुस्कुराएकि

फुर्सदमा मौका मिलि हतैले बनाएकी। 

तिम्रो हासो मुस्कानले छरेको तरंग 

त्यही मुस्कानमा रम्न पाए हुन्थ्योकि उमंग ।

मल मल को टाटे चोली कति सुहाएको

नाके फुलि दाहिने पट्टी सिरै झुकाएको ।

एकै थोप्ले सिन्दुरको कती कुरा गरौ

मन मिल्छ भने तिम्ले मैले चाहा पूरा गरौ।

मन मिल्छ भने तिम्ले मैले चाहा पूरा गरौ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *