झ्याङ्कट पोली उडेजस्तो धुवाँ हो कि के हो ?
बिना मेसै फैलिएको रुवा हो कि के हो ?
घामको राप आउन नदिई बीचै बाटो छेक्यो
कसका आँखा तिखा छन् खै हिमाल कसले देख्यो ?
बाफै–बाफले भरिएको कुवा हो कि के हो ?
मान्द्रोमाथि फिँजाएको रुवा हो कि के हो ?
नीलो आकाश छोपिएर पुग्यो कुन्नि कता
हेर्दाहेर्दै डाँडाकाँडा लुक्यो कुन्नि कता
थुप्रिएको सिमलको भुवा हो कि के हो ?
कुहिरो जस्तै देखिने त्यो रुवा हो कि के हो ?
–रमेशचन्द्र घिमिरे
मध्यनेपाल नगरपालिका–५
भोर्लेटार, लमजुङ