Skip to content

तिमीसँग मेरो माया

  • by

तिमीसँग मेरो माया चुलिने भो भोलि मात्र
मनमा जेजे भए पनि खुलिने भो भोलिमात्र ।

राम्रो गरी घुलमिल परिचय भएपछि
एकार्काको भाव बुझी घुलिने भो भोलिमात्र

समाज छ आफन्त छन् सर्म पनि हुने नै भो
बिहेबारी गरेपछि डुलिने भो भोलिमात्र ।

हाम्रा भाव हाम्रा सोच भिन्न हुनु स्वभावै हो
मनभित्र बोझ थियो धुलिने भो भोलि मात्र ।

हिजोसम्म सामु पर्नै डर लाग्ने कुराहरू
अहिलेसम्म सम्झे पनि भुलिने भो भोलि मात्र ।

माया पनि उधारोमा कति गर्नु कति गर्नु
तिम्रो मेरो लेनदेन सुलिने भो भोलि मात्र ।

शुभ लग्न भोलि नै छ आजै किन हतारिनु
तिमीलाई बेहुली पारी हुलिने भो भोलिमात्र ।

-होम सुवेदी
भद्रपुर झापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *