गन्तव्य मेरो टाढा छ
त्यहाँ लैजाने नत कुनै गाडा छ
हिडेर जानू छ
नत कोही सहारा छ
तैपनि बाटोभर कठिनाइको बहार छ ।
लाखौ पाइलाहरू चल्नु छ मलाई
पुगिहाल्न त्यही पर हैन
आदा जीवन लाग्छ
तसर्थ ती पाइलाहरू
काट्नु हैन बाँच्नु छ मलाई ।
कयौं पाइला अघि पनि बढिसके
कयौं चुनौतीको सामना पनि गरिसके
डर लाग्थ्यो
कतै मलाई यसले रोक्ने त हैन ?
इच्छा भरपुर थियो उपाय नि भइहाल्थ्यो
तसर्थ ती सारा चुनौतीबाट नि तरिसके ।
निरन्तर हिडिरहेको छु
हिडिरहन चाहन्छु
कहिले त पिरले मनै मन बेस्सरी डराउँछु
तर जब ती कमिला अनि
चराले गरेको मिहेनत देख्दछु
आखिर सङ्घर्ष नै त हो भनी सम्झन्छु
अनि तदनुरुप म पनि अँझ अघि बढ्दछु ।
कहिले पुगिने हो नत कुनै पत्तो नै छ
हिडिरहदा त पुगिन्छ कि भन्ने एउटै लत्तो नै छ
थाहा छैन कस्ता चुनौतीसँग लड्नु पर्ने हो
एउटै आशा छ
अफ्ट्यारोमा त भगवानले पनि साइनो जड्नु पर्ने हो ।
सुन्दछु,
सफलताको लागि त्याग गर्न जरुरत छ
सफलताको लागि मिहेनत गर्न जरुरत छ
सफलताको लागि कष्ट सहन जरुरत छ
तसर्थ म पनि अघिबढिरहेको छु, सोच्दै कि
मेरो पनि एउटा सानो सपना छ
जुन मेरो एउटै गन्तव्य छ ।
प्रज्वल प्रसाईं
रतुवामाई -५, मोरङ्ग