थाहा छ ढुङ्गालाई, ढुङ्गाले पनि फुटाउन सक्छ।
सम्बन्ध घन जस्तै होस्, कस्ले टुटाउन सक्छ।
आँखाभरिको आँसु, मलाई उपहारमा पठाऊनु
मुहारमा खुशी देख्नेले इज्यत, लुटाउन सक्छ।
जसले जीवनमा सम्बन्धको पाठ, धेरै सिकाए !
उसैले फक्रेको प्रेमजोडीलाई, छुट्याउन सक्छ।
जीवनको सबैभन्दा ठुलो उपहार, साथी सम्झे !
शत्रुले विश्वास गर्दैन, साथीलाई कुटाउन सक्छ।
कठघरामा प्रेम सदैव रहस्यमय बनिरह्यो र बन्नेछ
फैसला त्यही भो, जसले बहुमत जुटाउन सक्छ।
दिवाकर भट्टराई
दमौली तनहुँ