गीता ज्ञान
जल संगममा डुब्दै, स्नान गर्न भनीसब,
नरनारीहरू लागे, गंगासागर का तट।
ब्रह्मापुत्र नदी ठूली, गॅगासागरमा पुगी,
बस्छन् धर्मार्थ धेरै , त्यहींको जलमा डुबी,
मत्स्य गोही कछ्यप नै, बस्दछन् ती सबै डुबी,
ज्ञानसागर चुर्लुम्म, ज्ञानको रस मा तिमी ।
सत्व रज र तमस्को, आयौ यात्रा गरी कन,
ब्रह्मापुत्र र पुत्री हौ, बिना आकारका शिव ।
गीता ज्ञान महान्हो है, मनैमन जपी रहौ.,
मनमना भनी याद, भगवान भनी रहौं !
७.२ . ०२२
