आत्मदर्शनको मार्ग
ज्ञान-विज्ञान एकैहुन् , दुवैको योग भैकन। एक अर्का विना बस्छन् , अन्ध पंगु ज भैकन ।
पुराण आप्त आशीष , उपदेश विद्वानका, यी यस्ता बन्छ स्रोत , भण्डार सव ज्ञानका ।
गुरु वचन ज्ञानै हो, पुस्तक ज्ञान वर्धक,
अनुभव विना हुन्छन्, ज्ञान सवै निरर्थक ।
हुन् अनुभव पक्कै नै,ती मार्ग दर्शकै पनि । हुन्न कुशल कार्यैत, अनुभव विना पनि l
शास्त्रका वचनै हुन्छन् ,वाणी अमृत ज्ञान त ।
हो अनुभवको ज्ञान, सवै विज्ञान सम्मत ।
नासिका कर्ण त्चक्चक्षु , जीह्वा साधन अर्पण।
सवैको एउटै लक्ष, साध्य हो आत्म दर्शन ।
आगोले पोल्छ भन्ने त, ज्ञान अनिश्चयै छ। अनुभव गरी छोई , त्वही ज्ञान अमीट छ ।
गुलियो महको स्वाद , नुनिलो हुन्छ नूनको । सुनेको अरूको यस्ता , क्षेत्राधिकार ज्ञानको।
नुनिलो गुलियो आदि , यस्तै नै हुन्छ भन्न त,
जान्न चाखेर मात्र नै , अनुभव हुने छ त ।
त्यही अनुभव मात्रै, बन्दछन् नि विज्ञान त । आत्मदर्शनको मार्ग, मात्र विज्ञान हुन्छ त।
