पाइदैन सिटामोल हाहाकार देश मा ,जहाँ छ सन्जिवनी
उचाइ होचो भो के फुर्ति लाउनु , सगरमाथामा को पनि
जसमा छैन कुनै सदगुण कति, उ देश हाक्ने बनी
चिसाले थरथर काप्छ्न जनता ,उ मस्त हास्छ अनि
कर्णाली सुसाउछ हरदम सधै ,पाइन्न जीवनजल
रुदछ्न किसान धरधरी कठै, पाउदैनन उसले मल
बगाइ पसिना फुटाइ धरती, रगतले सिचेर
त्यै मर्छ भोकले रोग ले शोकले ,अकाल ले थिचेर
खोल्दैनौ नयन कुदेर पछि पछि, नेता जी का बाहुमा
नाच्दै मनाउछ्न उत्सव ठूला ठूला , नुन छरेर घाउमा
देशै बन्धक भयो अस्मिता लुटियो ,बिदेशी का बलले
खुम्चियो भूगोल रित्तियो ढुकुटी, यै नेताका छलले
लगाइ ताल्चा उद्योग नगरी मा , हर्ष बढाइ गर्दछ
मदांधकार को पछि पछि कुदे , तारा कहाँ झर्दछ
साधुका संगतले पाइन्छ सदबुद्धि ,दुर्जनले दुर्गति
रोपी निम भाङ धतुरो कहिले ,फलेको छ कागती
सिचाइ सुन फलाउला सोचेथे, गण्डकी का जल ले
घुमौला देश विदेश सोचेथे ,ती मुस्ताङ का फल ले
हटाइ अधेरी पार्छु झलमल , सोच्दा हुन राप्ती कोशी
हास्दछ दिनहुँ गदगद प्रतीशा ,त्यो इच्छा उसको खोसी
बोली मिठा मिठा प्रणयका , पिठमा छुरा बोकेर
बेचिन्छ्न जनता आयु र सपना ,अञ्जुलीमा जोखेर
देश मा छ पहिरो सरकार छ बहिरो , दिन्छ पीडा तोकेर
रङ्गियोस धरती बगुन धरधरा , यहि पसिना पोखेर
रोज्ने हो हामीले शासन कसको , श्री राम कि रावण
विक्रान्त पुरीष, दौरात्म्य अनघ , गुलियो कि लवण
आरव मुमुक्ष विपेन्द्र विदुर , पाइन्छ सु कर्म ले
क्लेश किंकर निष्कल बुभुक्षित , रोजेर कु कर्मले
भोट मा अपुर शक्ति बल छ , हटाउनलाइ निर्गुणी
फेरि खेर नजाओस अभिमत , ल्याउनु छ सदगुणी
अन्याय अति भो देश र जनता , आत्तिरहेछ्न यहाँ
नसोच्ने विहित मुलुक जनता , मात्तिरहेछ्न यहाँ
बिलम्ब नगरी चिनेर समय , पुग्नु छ कान्तिपुरी
हुर्काइ बुद्ध रहौला सुख सङ्ग , बनाइ शान्तिपुरी
खोली कारखाना उद्योग नगरीमा , हटाउला निष्कल
रोजौ आप्तकाम भाग्दछ अधेरो ,मिल्नेछ उस्तै फल
ऐश्वर्य सकियो दरिद्र मन ले , राष्ट्र यो ढुकुटी को
फर्किउन अरनिको उडुन परेवा , सीता र भृकुटी को
संकल्प गरौ यो पवित्र भूमिमा , ल्याउने सु शासन
आउ बढौ अघि ओढाउ पछ्यौरा , छोडेर दुषासन
