बिर्सिएर पनि तेसै रुए सपनी मा
आउछ्न याद आँसु झार्ने लुक्छु बिपनी मा
बर्षा बाढी आधी हुरी जिन्दगानी मेरो
वर्षा यामको कालो बादल भयो सेरोफेरो
ओइलाएर फूल पनि झरे कोपिला मा
चन्द्रमा लाई हेरि हास्छु भुली बिपनामा
रित्तिएका आँसु हरु भरि यी नयन मा
बिर्सिएर पनि तेसै रुए सपनी मा भिजेका ती परेली र सिरानीको माझ पिरतीका कोइली गाउथे गोधुली को साझ
सम्झनाले मुटु पोल्छ भरी बिपनीमा
बिर्सिएर पनि तेसै रुए सपनीमा
वर्षा बाढी आधी हुरि जिन्दगानी मेरो
वर्षा यामको कालो बादल भयो सेरो फेरो
