Skip to content

फुलेका ती फूल संगै नाचिरहु म

रङ्गिचङ्गी सपनी मा हराइरहुँ म
तिम्रो न्यानो अङ्गालोमा बाधिरहुँ म
हात माथी हात राखी देउराली र उकालीमा
सधै तिम्रो चोखो माया पाइरहुँ म

वसन्त भै ऋतुहरुमा नाचिरहुँ म
फुलेका ती फूल सङ्गै हासिरहुँ म
ठेस लागे छहारी होस तिम्रो काखमा
त्यही काखमा मेरो दुख बिसाइरहुँ म

प्रणयको सागर मा पौडिरहुँ म
इन्द्रेणी को श्रृङ्गारमा डुबिरहुँ म
अजम्बरी हाम्रो माया सयौं जुनि जुनि
त्यै प्रीति को गीत सधै गाइरहुँ म

फुलेका ती फूल संगै नाचिरहुँ म

Leave a Reply

Your email address will not be published. Required fields are marked *