Skip to content

गीतःयो धर्तीको छाति

यो धर्तीको छाति जब चुम्छ जुनले

अझै मेरो प्रीति भरिन्छ रहरले

बोलाउँछ खुसी जसै त्यो प्रहरमा

नशालु अधरले चुमेझैं तिमीले

यो धर्तीको छाति…

****

अँगाल्छ त्यो जुनलाई धरा मातिएर

म हुन्छु भुतुक्कै रहर पोखिएर

अँध्यारोमै भेटुँ प्रकाशित ज्योति

उज्यालिई प्रीति छरिएको हो कि ?

यो धर्तीको छाति …

*****

जब सुन्छु झरझर छहराको गीत

त्यही भाका टिपी बोलूँ मायासित

कलेजी र मुटु बनाएर आधा

अब आऊ बाँडौं हटाएर बाधा

यो धर्तीको छाति …

*****

जब झुल्छ बेली बसन्ती पवनमा

छचल्किन्छ मन्द नशा यो बदनमा

समेटिऊँ आऊ ! अब मायाभित्र,

यो मायाको संसार बनाऊँ विचित्र !!

यो धर्तीको छाति …

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *