Skip to content

दस्तुरले

  • by


सँगै बाँच्ने बाचा हाम्रो,पुरा हुन दिएन दस्तुरले
हाम्रो भेटको निवेदन पनि किन लिएन दस्तुरले ?

च्यातियो हाम्रो मनको रुमाल, जहाँ माया बाँधिएथ्यो
दयालु बनी हाम्रो पक्षमा, फेरि किन सिएन दस्तुरले?

खै!कस्तो मिलन हो? समाजबिच एकसाथ हुनै नसकिने
हाम्रो चाहनाको चोखो अम्रितलाई, किन पिएन दस्तुरले?

केही ढिलो भएछ,हाम्रो जीवनले सँगै हाँस्ने पल पाउन
जिउनु पर्थ्यो हाम्रो निम्ती भएनी किन जिएन दस्तुरले?

(अमेरिका)

Leave a Reply

Your email address will not be published. Required fields are marked *