Skip to content

म देश खोजीरहेको छु

दल को आगोले श्रींगार गरेर
धूर्तर्ता को प्रहशन गर्दै
मुमूर्षु पनि चिरन्जीवी बन्ने प्रयास गर्दैछन
क्रूरता सुरिलो बासुरी बजाएर
मयुर को भेष मा ब्वासाहरु छ्मछम्ती नाच्दै गर्दा
ती वाद्य वादन का संगीत मा
मानिसका आर्तनाद ले बेजोड कला पस्किरहेको छ
अनृत आदर्श ले सगरमाथा होचो हुदै
पहिचान का सरिता हरु लुप्त हुदैछ्न
दौरात्म्य को कृतकृत्य ले
राधा गवार बुद्ध झुटा अनि
सीता र भृकुटी पराया बनाउदैछ्न
त्यसैले त
यो घनिभूत श्यामत्व मा
सजिव बन्ने चेष्टा गरिरहेको छु
हो म दल हैन देश खोजिरहेको छु

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *