
नेपाल देश यो सानो मैदान खेलको भयो
यौटाले गोल हान्दैछ अर्को मैदानमा छिर्यो
खेलाडी खेल्दछन् खेल जित्छु भन्दै हतारिदै
सबै जित्ने महूँ भन्दै खेल्दै गर्छन् जताततै
२जित्ने एक भए मत्रै खुट्टिन्छ जित हार नै
सबै नै बिजयी बन्ने यस्तो देश कहाँ छ खै ?
हार्दैछ देशले भन्दा बुझ्दैनन् किन हो सबै ?
भन्दैछन् ती जिती छाड्छु जितेकै हूँ सधैँसधैं
कोही हार्ने कुनै जित्ने खाएकाछन् मिली सधैं
खेलाडी हार भो भन्दै गुहार माग्दछन् उतै
खेल्दैछ खेल अर्कैले हार्दैछ देशले जहाँ
खेल मैदान हो हाम्रै हामी हार्ने सधैँ यहाँ ?
नागरिक सबै अन्धा नेता अन्धा सबै यहाँ
न्याय निष्पट्ट अन्धो छ घुसखोरी जहाँ तहाँ
देशै ताक्छ शिकारीले निकम्मा सरकार छ
पैसा पैसा सधैँ पैसा अनि सत्ता पुकार्दछ
छी: यस्तो के भयो देश ? नेता हाम्रा कुपात्र हुन्
सल्काई घरमा आगो ढाडसेकी रमाउँछन्
हेपिन्छन् निमुखा मान्छे रेटिन्छन् कतिका गला
नमुना मात्र हुन् हाम्रा भागिरथी र निर्मला
✊✊ ✊
