जब एक व्यक्ति अविवाहित जीवनबाट बाहिर निस्किन्छ र ऊ विवाह को बंधन मा बाधिन्छ , त्यस दिन बाटै उसको जीवन परिवर्तन हुन्छ । यो किनभने उसको जीवनमा एक विशेष व्यक्तिको प्रवेश भएको हुन्छ र उनि हुन पत्नी । हो, श्रीमान बिना श्रीमती अधुरो भए जस्तै श्रीमती बिना श्रीमान पनि अधुरो हुने गर्दछ । पत्नीले हरेक कठिन समयमा आफ्नो पतिलाई साथ दिन्छिन र आफ्नो जिम्मेवारी नि:स्वार्थ रूपमा पूरा गर्छिन । त्यसैले श्रीमतीलाई विशेष महसुस गराउनु पनि पतिको दायित्व हो ।
बिहे नगरेका केटा केटी लाइ बिहे गर्न घर परिवार आफन्त पुरै समाज ले प्रत्यक्ष वा परोक्ष रुपमा दबाब दिइरहेको हुन्छ भने बिहे गरेका हरु भने अघिल्लो जन्म को ऋण तिर्न आएको , रोज्ने बेला आँखा फुटेका , तिमी भन्दा यस्ता यस्ता माग्न आउदा पनि बिहे नगरेर तिमी सङ्ग आएर भाग्य फुटेको , सासू बुहारी मा नमिलेको तालमेल , व्यक्तिगत स्वतन्त्रता जस्ता कुराहरु कोहि साना त कोहि ठुला कुराहरुमा दैनिक कलह , दुबै को आपसी असमझदारी ले घर झगडा भएर परिवारै खण्डित भएको उदाहरण समाज मा यत्रतत्र सामान्य रुपमै देखिन्छ ।
के अर्काकी छोरी ल्याउने बित्तिकै घर बिग्रीएको हो त ? त्यसैले आज एसो चर्चा गरौ कस्तो खालकि केटि संग विवाह गर्दा चै जीवन सुखै सुख हुन्छ । जीवनमा अरुलाइ जस्तो मानसिक समस्या आइपर्दैन । यो लेख चै स्पेसल्ली अविवाहित साथिहरु जो विवाह गर्ने तरखर मा केटिको खोजी मा हुनुहुन्छ , आफ्नी गर्ल फ्रेन्ड लाई माग्न जानको लागि साइत जुराउदै हुनुहुन्छ वहाँ हरुलाइ समर्पित ।
१. यदि तपाई एउटा कामकाजी ( जागीर ) स्त्री लाइ प्राथमिकता दिनुहुन्छ भने तपाइँ ले यो तय गर्नु पर्ने हुन्छ कि घर को सारा काम एक्लै ले गर्न सक्दिनन । तपाईं यो माइन्ड सेट पहिल नै बनाउनुस ।
२. यदि उनी गृहिणी हुन्छिन भने स्वभाविक हो उनले धन आर्जन गर्न सक्दिनन । धन को लागि तपाइले प्रेसर दिन पाउनुहुन्न ।
३.यदि महान स्त्री को खोजिमा हुनुहुन्छ भने उनको दृढता र कठोरता को साथमा तपाइँ ले जीवन निर्वाह गर्नु पर्ने हुन्छ। त्यो सम्झौता गर्न पहिला नै तयार हुनुहोस ।
४. यदि तपाइँ सुन्दर कन्या को खोजि मा हुनुहुन्छ भने अवश्य खर्च बढ्नेछ । त्यसका लागि पहिला नै तयार रहनुस
५. यदि तपाइँ वीर स्त्री को खोजीमा हुनुहुन्छ भने यसमा पनि तपाइले सोच्नु पर्ने हुन्छ कि उनका पनि केहि आफ्ना विचार होलान ।
वास्तवमा कहिल्यै कसैले पनि परिपूर्ण जीवनसाथी भेटेका हुदैनन । त्यसको ज्वलन्त उदाहरण मैले शुरूवात मै उल्लेख गरि सके । श्रीमान श्रीमती दुवै जनाले एक अर्काको कमजोरी लाइ आफ्नो खुबीले पुरा गरेर परिपूर्ण बन्दछ्न । यो कुरा सम्बन्ध र बढ्दो उमेर संगै जसले बुझ्दैनन् उनी हरु सारा जिन्दगी एक अर्कामा दोषारोपण गरेर अल्झी रहनछन ।
कुनै ठुला श्रीमती बिसेसज्ञ र दार्शनिकक ले भनेका रहेछन सर्वागुण सम्पन्न स्त्री एउटै मात्र Nation मा भेटिन्छन अरे त्यो हो Imagination .
त्यसैले मानिसमा सद्गुण र दुर्गुण दुबै हुन्छ्न । एक अर्काका कमिकमजोरी मा दोषारोपण मात्रै नगरी त्यो भित्रको सहजता मा सौहार्द र आत्मीयता खोज्न सक्यौ भने सुख शान्ति ले घर लाई मजबुत बनाउन सकिन्छ ।
