Skip to content


सबै जङ्गली जनावरहरु भेला भएर एक आपसमा सबै भन्दा को शक्तिशाली भन्ने बिषयमा छलफल गर्न थाले जहा एउटा निर्बल किसान पनि समाबेस थियो।
सबै भन्दा पहिले सिहले गर्जदै भन्यो-“यो जङ्गलमा बस्ने सबै खाले जनावरहरुको मैले शिकार गरेको छु।म सबैलाई मृत्युदण्ड दिन सक्छु यदि मैले चाहे भने।म बाट कोही पनि भाग्न सक्दैनन्।”
त्यस पछि बाघले रातो रातो आखा पार्दै घमण्डका साथ चर्‍को स्वरमा भन्यो-“मैले पनि आठ नौ ओटा सिहलाई तह लगाको छु।कतिको त अन्तेष्टि पनि गरेको छु!अझै दुई चार ओटा सिहलाई स्वर्गलोकको बाटो देखाउने योजनामा छु।”
हात्तीले पनि तिखा तिखा दारा देखाउदै सुड ठाडो पारेर उर्लन थाल्यो-“मैले पनि कतिका घर खेतबारी ध्वश्त पारेको छु।बाघ,भालु,सिह सबैलाई सजाय दिसकेको छु।”
गोहीले पुच्छर बजार्दै रिसले चुर भएर भन्यो-“जलाशयमा मलाई हराउन सक्ने कसैको हिम्मत छैन।म सबैमाथि अजय छु।म राजा भएर मैले आफ्नै राज्य चलाएर बसेको छु।”
गोमनले पनि शिर ठाडो पार्दै फु-फु आवाज निकाल्दै डङ्कार्न थाल्यो-“म धर्ती पाताल जाही पनि जान सक्छु।मेरो बीषको डसाईले सजिलै तिमिहरुको जीवन अन्त्य हुन सक्छ तर तिमिहरुले मलाई बिरलै मात्र हानी पुर्याउन सक्छौ।”
क्रमश: सबै जनावरहरु भालु,स्याल,फ्याउरो,गिद्द,गैडा,अनि अरुपनि पालैपालो आआफ्नो बलबुद्दीले भ्याय सम्मको कामको बारेमा बड्याई चड्याई गरे।
सबैको कुरा सुने पछि फैसला सुनाउनको लागि न्यायधिशको रुपमा राखिएको श्वेत परेवालाई निर्णय सुनाउन अनुरोध गरियो।परेवालाई को सबै भन्दा सक्तिशाली भनेर छुट्याउन धेरै गार्हो भयो।एक छिन गम्भिर भएर सोचे पछि आजको सबै भन्दा शक्तिशाली भनेर किसानलाइ घोषित गर्यो।उस्ले स्पष्टिकरण दिदै भन्यो-“तिमीहरु सबैले अरुलाई मारेको,दु:ख देको अनि सजाय देको कुरा गरेर आफुलाई ठूलो बनायौ।तर कसैलाई पनि दयामाया र सहयोग गरेको कुरा गरिनौ।तिमीहरुसग जे छैन त्यो सबै किसानमा मैले पाए।उसमा बिबेक,भावना,दयामाया सबै कुरा छ।अझ भन्नु पर्दा जब म घाइते भएर मरणास्थलमा पुगेको थिए उस्ले मलाइ मेरो औषधि उपचार गरेर मेरो हेरचाह गरेर मलाई पुन जीवन दिलायो।त्यसैले म यो कुरा ठोकुवा साथ भन्दछु कि मार्ने भन्दा बचाउने जैले पनि महान हुन्छ र आजको सबै भन्दा शक्तिशाली किसानलाई घोषित गर्न पाउदा म पनि हर्षबिभोर भएको छु।
यसरी किसान सबै भन्दा शक्तिशाली भएको कुरा पुस्टि भए पछि त्यहा कोलाहल मचिएको भेला शान्त भयो र आजको भेला यतिमै समाप्त भएको कुरा सबैलाई जानकारी गराइयो।

(माया,दया र बिबेक हत्या हिङ्सा भन्दा शक्तिशाली हुन्छ।)
indra20092003@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *