Skip to content

तनहुँमास्रष्टा सम्मान तथा काव्य उत्सव २०७९ सम्पन्न

  • by

भानु नगरपालिकाको प्रवर्द्धनमा भानु नगरपालिका वडा नम्बर १२स्थित गामबेसीका कवि क्षेत्रप्रताप अधिकारीको घरआगन बयापानीमा श्रष्टा सम्मान तथा काव्य उत्सव कार्यक्रम सम्पन्न भएको छ।

चैत्र २४ र २५ गते आयोजना गरिएको कार्यक्रममा भारतको दार्जीलिङ, गुवालिएर र भुटान लगायत देश तथा विदेशबाट सय बढी संख्यामा साहित्यकार, सर्जकको उपस्थितिरहेको थियो।

आकाश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. सुरेन्द्र केसी, विशेष अतिथि भानु नगरपालिका प्रमुख आनन्दराज त्रिपाठी, प्रा. डा. जगमान गुरुङ, गीतकार बूद राना, प्रा. डा. रामप्रसाद ज्ञवाली, प्राज्ञ पुरु लम्साल, सहित्यपोस्टका प्रधान सम्पादक आश्विनी कोइराला र भानु नगरपालिका वडा नं १२का अध्यक्ष बेल बहादुर अधिकारिरहेका थिए।

अतिथिहरुमा मध्यप्रदेश स्थित ग्वालियर,भारतबाट सुरेन्द्र पाल सिंह कुसुवा, घनश्याम भारती,अशोक अचानक र जगदिश गुप्ता महामनाको उपस्थितिरहेको थियो। त्यस्तै दार्जिलिङबाट कवि अवीर खलिङ,दुर्गा चाम्लिङ राई, चन्दन भट्टराई र उमेश प्रधानको उपस्थित थियो भने भुटानबाट कवि विरेन मगर र दिल भुटानीको उपस्थितिरहेको थियो।

कार्यक्रममा साहित्यकार डिल्लीराम मिश्र, गीतकार संघका अध्यक्ष वसन्त बित्यसी थापा, प्रा. नानी हेरा शाक्य, लेखक लाल बहादुर भुजेल,जीवन सापकोटा, सन्तोष सिरिस,नारायण अधिकारी, भिम रानाभाट,सीमा अधिकारी,पार्वती भट्ट,जानकी कुँवर,माधव लम्साल, सन्त बहादुर अधिकारी लगायतका कवि/कवियत्रीले रचना सुनाएका थिए।

क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार २०७९बाट प्रा. डा. रामप्रसाद ज्ञवाली, गीतल राष्ट्रिय पुरस्कार २०७९बाट कलाकार कृष्ण मर्सानी, गीतल प्रतिभा पुरस्कार २०७९बाट तीर्थमान अथाहसागर र नेपाल अधिराज्यमा तनहुँ कृति पुरस्कारबाट प्रा. डा. जगमान गुरुङलाई सम्मान गरिएको थियो।

पुरस्कारको राशी क्रमश २५,०००.००,१०,०००.००,५,०००.०० र २५,०००.०० रहेको छ। पुरस्कार प्राप्तपश्चात प्रा. डा. रामप्रसाद ज्ञवालीले पुरस्कारसँग डर लागेको र थप जिम्मेवारी बोध भएको महसुस गरेको धारणा राखेका थिए।

कार्यक्रममा प्रमुख अतिथि डा. सुरेन्द्र केसीले पार्टीभन्दा माथि देश रहेको र देशलाई माया गर्नुपर्ने धारणा राखे।

त्यस्तै भानु नगर प्रमुख आनन्दराज त्रिपाठीले भानु नगरपालिकामा साहित्यिक पर्यटनको क्षेत्रमा थप काम गर्न बाँकिरहेको जानकारी दिए।

कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष दिवाकर भट्टराईले र संचालन सचिव माधव अधिकारीले गरेका थिए।

२०७९ चैत्र २५/तनहूँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *