Skip to content

सताएर फेरि फेरि नजाऊ पर पर

टाढिएर फेरि फेरि नजाऊ पर पर
प्रीत बुझ्ने तिमीबाहेक अरु को नै छ र
टाढिएर फेरि फेरि नजाऊ पर पर

एउटै खोला दुई किनार बसी वारि पारी
बादलको घर बनाई खेल्यौँ लुकामारी
आयौ तिमी सम्झिएर मिलन को घर
फेरि फेरि टाढिएर नजाऊ पर पर

बिछोडको पीडा कस्तो मन खाली खाली
तिमी आयौ जीवनमा फूल्यो मखमली
ढुकुरका जोडी अनि पीपलु र वर
प्रीत बुझ्ने तिमी बाहेक अरु को नै छ र

कोइली को गाजल लगाइ इन्द्रेणी को लाली
कोपिला झै हाम्रो माया फूलोस डाली डाली
सरर र पवनले ल्याउन सुनाखरी
जुगै जुग फैलिरहोस माया दुबो सरी

सताएर फेरि फेरि नजाऊ पर पर
प्रीत बुझ्ने तिमी बाहेक अरु को नै छ र

Leave a Reply

Your email address will not be published. Required fields are marked *