Skip to content


मैनबत्ती भै जलिरहें
तिमीलाई उज्यालो दिन
काडा झै बिषालु बनें
तिमीलाई सुरक्षा दिन

बिस्वास तिम्रो तोडिदिए
तिम्रो घरको खुसी जोड्न
तिम्रो लागि बैमान भए
तिम्रो मानलाई साचिराख्न

बगरको सुख्खा बालुवा बनिदिए
तिम्रो आगनको खाल्टो पुर्न
मकिएको हागा भै सडिदिए
तिम्रो बारीमा मलजल भर्न

बाटो बिराइदिए दौडमा
तिमलाई जिताई आफू हार्न
झुठो हासो हासीदिए
मेरो चाहनाको घाटी रेट्न

एक्लो थिए एक्लै भए
तिम्रो साथ भाग्यमा जुरेन
तिम्रै लागी साचेको माया खै
किन हो अरुलाइ कहिल्यै चुनेन!!!

indra20092003@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *