Skip to content

आउ यादहरु

आउ यादहरु मलाइ भेटेर जाउ
बिसाइ भारी ; मुटु रेटेर जाउ

अन्तै रहेछ गन्तव्य त मेरो शहरको बाटो गरेर
आयौ प्रेमको बहार बोकि गयौं प्रीतको बीउ छरेर
आउ यादहरु मीत लाएर जाउ
बिसाइ भारी ; जीत लिएर जाउ

रोप्यौ प्रेमको सुन्दर फूल अब बिदा लिएर जाउ
रङ्गिन यादले भरिएको घाउ भरेर जाउ
आउ यादहरु विष पिएर जाउ
बिसाइ भारी मुटु सिएर जाउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *