तिमी लाइ भुल्न खोज्दा रित्ता भए यी आकास
पिउदा पिउदै खाली भए पिरतीका सुन्दर बाकस
आज फेरि टोलाउदा डाडा पारी जुन देखे
त्यही जुनको रुप चोरी तिम्रो नाम को मीत लेखे
मन मा खोजे बन मा खोजे खोजे गल्ली शहरमा
तिम्रो माया खोज्दै हिडे बहर अनि लहर मा
निस्सासिदै आज फेरि ढुकुरका जोडि देखे
त्यहि ढुकुरको प्रेम चोरी तिम्रो नाम को गीत लेखे
दिन हप्ता महिना ऋतु बितेकाछ्न पर्खिएर
एक दिन आउलिन उनी यहि गल्ली फर्किएर
रङ्गिएका सपना सबै बेरङ्गि भै उड्या देखे
त्यही उडेको सपनामा हाम्रो प्रेम को जीत लेखे
तिमी लाई भुल्न खोज्दा रित्ता भए आशुहरु
बिर्सिन लाइ खोजे अतीत वर्षा भए ऋतुहरु
बादल पारी इन्द्रेणी मा मुना मदन साथमा देखे
त्यही इन्द्रेणी को रङ्ग चोरी मुग्लान को कथा लेखे
