आदित्यको अरनिमा चन्द्रमाको लाली तिमी
टल्किएको हिउँ जस्तै मखमली फूल तिमी
वसन्तलाई रङ्गाइदिने मृदुभाषी जो हौ तिमी
मृग नयन सजिएकी सुन केशरी केश तिमी
आदित्यको अरनिमा चन्द्रमाको लाली तिमी
मिलनको सागर जोड्ने राम सेतु पुल तिमी
झरनाको पाउजु बजाइ मयुर सङ्गै नाचिदिने
भन कुन अप्सरा हौ मेनकालाइ मात दिने ?
