आउ एउटा सफर तय गरौं
केही तिम्रो तर्फ बाट , केही मेरो तर्फ बाट
अनि यसैको गोरेटोमा एक अर्काको
प्रतीक्षा गरौं …..
केही तिम्रो लागि केही मेरो लागि
यो गन्तव्य आफ्नो नाम गरौं
अनि यसै सफरमा
सम्बन्धको एउटा सुन्दर फूल रोपौं
आउ परिवर्तन गरिदिउ
त्यो पुरानो रीत
छाता बनि एक अर्काको
आउ एक अर्काको छाया बनौं
