आउ यादहरु मलाइ भेटेर जाउ
बिसाइ भारी ; मुटु रेटेर जाउ
गन्तव्य रहेछ अन्तै आयौं यो शहरको बाटो
गयौं प्रीतको विराग छरेर निश्चल प्रेमको साटो
आउ यादहरु मीत लाएर जाउ
बिसाइ भारी ; जीत लिएर जाउ
रोप्यौ प्रेमको सुन्दर फूल अब बिदा लिएर जाउ
रङ्गिन यादले भरिएको छ मन घाउ भरेर जाउ
आउ यादहरु विष पिएर जाउ
बिसाइ भारी मुटु सिएर जाउ
