छमछम पाउजु छिन छिन चुरा खै कता हो बजाउछिन
कोइलीको मधुर बोली उ आफैमा लजाउछिन
बनेर त्यो मृगातृष्णा म उनैमा हराइदिउ
शीर माथी शिरफूल बनी उनको सिँउदो सजाइदिउ
मेहेन्दिको सुगन्धले मात्तिएर पवनले
फिजाएर उनको जटा लाली पोति भुवनले
छ्म छ्म पाउजु छिन छिन चुरा खै कता हो बजाउछिन
लुटपुटिएर काउकुतीमा यी ओठलाइ हसाउछिन
मृग नयन झिम्क्याउदा इन्द्रेणी झै लजाएर
ओठ टोकि हासिदिन्छिन दन्त लहर सजाएर
कानका झुम्का छ्म छम पाउजु खै कता हो बजाउछिन
लज्जावती फूल हुन माया स्पर्शले लजाउछिन