Skip to content

एउटा गीत लेखुँ

हावा पानी खोला नाला हर चिजमा तिम्रो जीत लेखुँ
जनम जनम सयौं जनम तिम्रै नामको गीत लेखुँ

यो धरती यो अम्बर यो इन्दु यो दिनकर
मिलनको यस्तो रित लेखुँ
यो राग यो विराग अर्चना र सुलोचना
यसैमा तिम्रो गीत लेखुँ

यो फूल यो सुवास यो झरना यो पहाड
प्रेमको यस्तो मीत लेखुँ
यो धरती यो अम्बर यो इन्दु यो दिनकर
मिलन भै यसमा गीत लेखुँ

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *