Skip to content

तिमीलाई तेती नै माया गरौंला

तेति माया गरौंला
जति बैंकले कलम सङ्ग गर्दछ्न
जति इन्स्योरेन्सवाले प्रीमियम सङ्ग गर्दछ्न
एक पल्ट भेट्न त पाऊँ प्रीये
तिमीलाइ तेती नै माया गरौंला

तिमीलाई तेति नै माया गरौंला
जति मोबाइल र सेल्फिले गर्दछ्न
तेती नै जति बरफ र सिन्काले गर्दछ्न
एक पल्ट भेट्न त पाऊँ सानु
तिमीलाइ यसै गरि माया गरौंला

तेस्तो जोडी बनौंला माया
जस्तो रुघा र नाकको बन्दछ
जस्तो साउन र घिरौलाको बन्दछ
एक पल्ट भेट्न त पाऊँ
तिमी र म यस्तै जोडी बनौंला

तेती नै माया गरौंला
जति सलवारले तुनालाई गर्दछ
तेती नै जति खैनीले चुनालाई गर्दछ
एक पल्ट भेट्न त पाऊँ माया
तिमीलाई यसै गरि माया गरौंला

तेसरी नै सजाएर राखौला
जसरी गाजलले आँखालाई राख्दछ
त्यसैगरी जसरी पालुवाले वसन्तलाइ राख्दछ
एक पल्ट भेट्न त पाऊँ
तिमीलाइ यसै गरि सजाएर राखौंला

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *