आजकल म आफुलाई
मानिस भन्दा पत्थर सङ्ग तुलना गर्न चाहन्छु
जब नदिमा चोइटिएका पत्थर
सडक गल्ली अनि चोकहरु बाट
सिङ्गारिएर मन्दिर पस्छ्न
तब हजारौंका लागि आस्था बोकेर पस्छ्न
श्रद्धाका साथ माथा टेकाउने पवित्र भएर पस्छ्न
भड्किएको मन बिसाउने सहारा भएर पस्छ्न
आँसु रोकिदिने साहस बनेर पस्छ्न
मानिस मानिस बिच अविश्वासको पर्खाल बनिरहदा
ढुङ्गा त्यहीँ मानिसको विश्वास भएर पस्छ्न
मानिस मानिस बिचको दुरि बढिरहेको बेला
म पत्थर बनेर आत्मियताको ढुकढुकी
बन्न चाहन्छु
मानिस बनेर
मान्छे बन्न नसक्नु भन्दा
म पत्थर बनेर
आशाको दियालो बन्न चाहन्छु
