Skip to content

आउ मीठो बात गरौं

आउ मीठो बात गरौं मनको मझेरीमा
लुकि लुकि भेट्न आउ पानी पधेरीमा

सुन केशरी केश माथी रिबन सजाएर
जाही जुहि ईर्ष्या गर्छ्न हास्दै लजाएर
लुकि लुकि भेट्न आउ पानी पधेरीमा
आउ मीठो बात गरौं मनको मझेरीमा

आसामेली फुलि छेउमा कालो तिलको कोठी
हितको माया बोलिदेउ हास्दै एकचोटि
परेलीको बाटै बाटो बसि छहारीमा
आउ खेलौं लुकामारी मनको मझेरीमा

तिम्रो माया मेरो माया परेवाको जोडी
उडौ हामी आकाशमा बादलुलाइ छोडी
काउकुतीले ऐठन हुन्छ प्रेम नगरीमा
आउ मीठो बात गरौं मनको मझेरीमा

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *