Skip to content

बटुक भैरव

रुद्रयामल तन्त्रमा ६४ भैरवको उल्लेख छ तर सामान्यतया मानिसहरूले भैरवको दुई रूपको पूजा गर्ने गर्दछ्न, जसमध्ये एक बटुक भैरव र अर्को हो कालभैरव । शास्त्रमा भैरवको उत्पत्ति भगवान शिवबाट भएको मानिन्छ। जुन साधकले भैरवको पूजा आराधना गर्दछ उसको जीवनमा कहिल्यै पनि भयले नसताउने कुरा शास्त्रमा उल्लेख गरिएको छ ।

प्राचीनकालमा एउटा आपद नामको राक्षस थियो । आफ्नो मृत्यु पाँच वर्षको बालकले मात्र गर्न सक्छ, अन्य कुनै प्राणीले मार्न सक्दैन भन्ने कठोर तपस्या गरेर यो वरदान प्राप्त गरेको थियो। त्यसपछि उसले तीनै लोकमा आतंक फैलाएर सबै त्राही त्राही थिए उसको मुकाबला गर्न सक्ने कोही थिएनन । यस्तो अवस्थामा जब सबै देवताहरू मिलेर यस समस्याको समाधान खोज्ने सोच बनाउदैथिए, तब ती देवताहरूको शरीरबाट अचानक प्रकाशको एउटा धारा निस्क्यो र त्यसबाट अचम्मको तेज भएको पाँच वर्षको बटुकको जन्म भयो। त्यही बटुकले पछि आपद नामक राक्षसको बध गरिदिए । त्यसपछि आपदुद्धारक बटुक भैरव भनेर चिनिन थाले।

बटुक भैरव स्फटिक जस्तै शुभ्र वर्णका छ्न । उनले कानमा कुण्डल लगाएका छन् र दिव्य मणि माणिक्यले सुशोभित छन्। प्रसन्न अनुहार भएका बटुक भैरवको हातमा शस्त्र अस्त्र धारण गरिएको हुन्छ र उनको गलामा सुन्दर माला रहेको हुन्छ।

बटुक भैरव नै भगवान शिवको नयाँ रूप/अवतार हुन जसले राक्षस ‘आपद’ लाई नष्ट गर्न ग्रहण गरेका थिए।
बटुक भैरव भगवान शिवको नै बाल रुप हो त्यसैले उनलाइ बालस्वरूप मानिन्छ र उनलाइ नै आनन्द भैरव पनि मानिन्छ। उनको सौम्य स्वरुपको आराधना गर्नाले साधनामा शीघ्र सफलता मिल्दछ । बटुक भैरव सजिलै प्रसन्न हुने देवता हुन्, उनलाई भगवती दुर्गाको पुत्र पनि मानिन्छ।

यो बटुक भैरव ब्रह्म कवच शत्रु, समस्या र पीर चिन्ता तनावलाई बेअसर गर्ने शक्तिशाली अस्त्र हो। यसले राहु-केतुको अशुभ प्रभावबाट आफ्नो पूजकको रक्षा गर्दछ ।भगवती दुर्गाको मातृस्वरूपले रक्षा र आशीर्वाद पाएको हुनाले भौतिक बाधा, ग्रह अवरोध, वास्तु दोष, शत्रुको बन्धनबाट मुक्ति पाउन यसको बराबरी कसैले गर्न सक्दैन। श्रद्धा र आस्थाका साथ पूजा गर्नेले बल, बुद्धि, ज्ञान, आयु, कीर्ति, ऐश्वर्य, अनाज र समृद्धि प्राप्त गर्दछ।

जसले यस बटुक भैरव कवच पाठको अभ्यास गर्दछ उसले सबै भौतिक सुखहरू प्राप्त गर्न सक्दछन । साधक हर ठाउँमा विजयी भएर कुबेरको जस्तै जिन्दगी जिउन सक्छ । यस सुरक्षा कवचको निरन्तर पाठ गर्नाले साधकको पीर चिन्ता , दुर्घटना तथा रोगहरुबाट मुक्त हुनुका साथै सबै सांसारिक बाधाहरुबाट पनि मुक्ति मिल्दछ ।

दशै दिशाहरुमा आफ्नो वर्चस्व स्थापना गर्न हेतु अति प्रभावशाली गुप्त एवं दुर्लभ “बटुक भैरव ब्रम्हा कवच”* कालजयी साक्षात काल स्वरुप भगवान शिव द्वारा साधकहरुका लागि प्रदत्त अमोघ आशिर्वाद हो ।

बटुक भैरव मंत्र

*ॐ ह्रीं बटुकाय आपदुद्धारणाय कुरु कुरु बटुकाय ह्रीम् *

यो मन्त्रको जप कवच पाठ भन्दा पहिले र अन्त्यमा ११ या २१ पटक गर्नु पर्दछ ।

ॐ अस्य श्रीबटुकभैरवब्रह्मकवचस्य भैरव ऋषिः ।
अनुष्टुप् छन्दः । श्रीबटुकभैरवो देवता ।
मम श्रीबटुकभैरवप्रसादसिद्धयर्थे जपे विनियोगः ॥

*। अथ पाठः ।*
••••••••••••••••••••••

*।। श्री बटुक भैरव ब्रह्म कवचम् ।।*
••••✨▪️✨••••✨▪️✨••••✨

॥ श्रीभैरवाय नमः ॥

*श्रीदेव्युवाच ।*
भगवन्सर्ववेत्ता त्वं देवानां प्रीतिदायकम् ।
भैरवं कवचं ब्रूहि यदि चास्ति कृपा मयि ॥१॥

प्राणत्यागं करिष्यामि यदि नो कथयिष्यसि ।
सत्यं सत्यं पुनः सत्यं सत्यमेव न संशयः ॥ २॥

इत्थं देव्या वचः श्रुत्वा प्रहस्यातिशयं प्रभुः ।
उवाच वचनं तत्र देवदेवो महेश्वरः ॥ ३॥

*ईश्वर उवाच ।*
बाटुकं कवचं दिव्यं शृणु मत्प्राणवल्लभे ।
चण्डिकातन्त्रसर्वस्वं बटुकस्य विशेषतः ॥ ४॥

तत्र मन्त्राद्यक्षरं तु वासुदेवस्वरूपकम् ।
शङ्खवर्णद्वयो ब्रह्मा बटुकश्चन्द्रशेखरः ॥ ५॥

आपदुद्धारणो देवो भैरवः परिकीर्तितः ।
प्रवक्ष्यामि समासेन चतुर्वर्गप्रसिद्धये ॥ ६॥

प्रणवः कामदं विद्या लज्जाबीजं च सिद्धिदम् ।
बटुकायेति विज्ञेयं महापातकनाशनम् ॥ ७॥

आपदुद्धारणायेति त्वापदुद्धारणं नृणाम् ।
कुरुद्वयं महेशानि मोहने परिकीर्तितम् ॥ ८॥

बटुकाय महेशानि स्तम्भने परिकीर्तितम् ।
लज्जाबीजं तथा विद्यान्मुक्तिदं परिकीर्तितम् ॥ ९॥

द्वाविंशत्यक्षरो मन्त्रः क्रमेण जगदीश्वरि ।
ॐ पातु नित्यं शिरसि पातु ह्रीं कण्ठदेशके ॥ १०॥

बटुकाय पातु नाभौ चापदुद्धारणाय च ॥
कुरुद्वयं लिङ्गमूले त्वाधारे वटुकाय च ॥ ११॥

सर्वदा पातु ह्रीं बीजं बाह्वोर्युगलमेव च ॥
षडङ्गसहितो देवो नित्यं रक्षतु भैरवः ॥ १२॥

ॐ ह्रीं बटुकाय सततं सर्वाङ्गं मम सर्वदा ॥
ॐ ह्रीं पादौ महाकालः पातु वीरासनो हृदि ॥ १३॥

ॐ ह्रीं कालः शिरः पातु कण्ठदेशे तु भैरवः ।
गणराट् पातु जिह्वायामष्टाभिः शक्तिभिः सह ॥ १४॥

ॐ ह्रीं दण्डपाणिर्गुह्यमूले भैरवीसहितस्तथा ।
ॐ ह्रीं विश्वनाथः सदा पातु सर्वाङ्गं मम सर्वदः ॥ १५॥

ॐ ह्रीं अन्नपूर्णा सदा पातु चांसौ रक्षतु चण्डिका ।
आसिताङ्गः शिरः पातु ललाटं रुरुभैरवः ॥ १६॥

ॐ ह्रीं चण्डभैरवः पातु वक्त्रं कण्ठं श्रीक्रोधभैरवः ।
उन्मत्तभैरवः पातु हृदयं मम सर्वदा ॥ १७॥

ॐ ह्रीं नाभिदेशे कपाली च लिङ्गे भीषणभैरवः ।
संहारभैरवः पातु मूलाधारं च सर्वदा ॥ १८॥

ॐ ह्रीं बाहुयुग्मं सदा पातु भैरवो मम केवलम् ।
हंसबीजं पातु हृदि सोऽहं रक्षतु पादयोः ॥ १९॥

ॐ ह्रीं प्राणापानौ समानं च उदानं व्यानमेव च ।
रक्षतु द्वारमूले च दशदिक्षु समन्ततः ॥ २०॥

ॐ ह्रीं प्रणवं पातु सर्वाङ्गं लज्जाबीजं महाभये ।
इति श्रीब्रह्मकवचं भैरवस्य प्रकीर्तितम् ॥ २१॥

चतुवर्गप्रदं नित्यं स्वयं देवप्रकाशितम् । (
यः पठेच्छृणुयान्नित्यं धारयेत्कवचोत्तमम् ॥ २२॥

सदानन्दमयो भूत्वा लभते परमं पदम् ।
यः इदं कवचं देवि चिन्तयेन्मन्मुखोदितम् ॥ २३॥

कोटिजन्मार्जितं पापं तस्य नश्यति तत्क्षणात् ।
जलमध्येऽग्निमध्ये वा दुर्ग्रहे शत्रुसङ्कटे ॥ २४॥

कवचस्मरणाद्देवि सर्वत्र विजयी भवेत् ।
भक्तियुक्तेन मनसा कवचं पूजयेद्यदि ॥ २५॥

कामतुल्यस्तु नारीणां रिपूणां च यमोपमः ।
तस्य पादाम्बुजद्वन्दं राज्ञां मुकुटभूषणम् ॥ २६॥

तस्य भूतिं विलोक्यैव कुबेरोऽपि तिरस्कृतः ।
यस्य विज्ञानमात्रेण मन्त्रसिद्धिर्न संशयः ॥ २७॥

इदं कवचमज्ञात्वा यो जपेद्बटुकं नरः ।
न चाप्नोति फलं तस्य परं नरकमाप्नुयात् ॥ २८॥

मन्वन्तरत्रयं स्थित्वा तिर्यग्योनिषु जायते ।
इह लोके महारोगी दारिद्र्येणातिपीडितः ॥ २९॥

शत्रूणां वशगो भूत्वा करपात्री भवेज्जडः ।
देयं पुत्राय शिष्याय शान्ताय प्रियवादिने ॥ ३०॥

कार्पण्यरहितायालं बटुकभक्तिरताय च ।
योऽपरागे प्रदाता वै तस्य स्यादतिसत्वरम् ॥ ३१॥

आयुर्विद्या यशो धर्मं बलं चैव न संशयः ।
इति ते कथितं देवी गोपनीयं स्वयोनिवत ॥ ३२॥

॥ इति श्रीरुद्रयामलोक्तं श्रीबटुकभैरवब्रह्मकवचं सम्पूर्णम् ॥

नोट :- गुरुको आज्ञा र परामर्श लिए पश्चात् मात्रै बटुक भैरवको साधना अर्थात् कवचको पाठ गर्नु पर्दछ । जथाभावी विधि नपुर्याइ आफ्नै ढङ्गले बटुक भैरव पाठ नगर्नु होला । स्मरण रहोस कालभैरवको पूजा तामसिक विधिले र बटुक भैरवको पूजा सात्विक विधिले गर्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *