डर पनि यति धेरै किन गर्या होला
यसै यसै पर पर किन सर्या होला ।।
तलाउझैँ शान्त थियो मेरो मन अस्ति
माया गर्ने बहानाले किन हर्या होला ।।
तिमी मात्र मायालु हौ भन्थिन् हिजोसम्म
माया पनि चारो जस्तो किन छर्या होला ।।
वारीतिरै भेट गर्न बोलाउँछिन् फेरि
भेट्न जाँदा पाारीतिर किन तर्या होला ।।
म ता यसै छक्क पर्छु चाला तिम्रो देखी
दैव पनि चाला देखी छक्क पर्या होला ।।
होम सुवेदी