Skip to content

देश दुखिरहेका घाऊहरू


छाक जुटाउन धौ धौ परे पनि !
मिठो खान र राम्रो लाउन चाडै कुर्न परे पनि !
धुलो र पसीना नै जीवन भए पनि !
साग सिस्नु र ढ़िडो मै हुर्के पनि !
बचे खुचेको केही थोत्रो आशा बाहेक !
मलाई तिमी संग खासै गुनासो थिएन ए काठमांडू !
तर आज !
म आफ्नै देश मा , वैरी हरु द्वारा लुटियी रहेछु , लखेटीइ रहेको छु !
शरणार्थी बनेको छु !
अनि देख्छु , मेरो भत्किएको घर आँगन मा तिरंगा ** को कालो छायाँ !
उ !!!! सुन्दै छु फेरी पनि ,
सीमापार बाट बुट हरु को गड्याम गड्याम क्रूर आवाज हरु !
अर्को गायत्री ** र देबी ** को खोजीमा आउदैछ !
अर्को दशगजा सारिदै छ र विर्खमान ** हरु मारिदै छ !
साथ साथै मेरो अस्तित्व , अस्मिता र स्वाभिमान !
क्रूर हाँसो संगै बुट मुनि दबाई रहेछ !
एक्कासी छाती दुखेर आउछ , घाऊ हरु बल्झिनछन !
म हठात आँत्तिन्छु , रुन्छु भक्कानिएर ! काठमान्डू लाइ गुहार्छु आर्तनाद गर्छु !
आँसु रित्तिन्छ !
धेरै पछि काठमान्डू बोल्छ “” तिम्रो आँसु र रगत झूठ हो “”
ए काठमांडू ? एक पटक आफैं लाइ चिमोटर हेर !
मेरो आँसु र रगतको आलो टाटो ,
अनि यी देश दुखी रहेका घाऊ हरु बाहेक के दशी प्रमाण देखाऊ ?
तै पनि भन्छु यी सारा घाऊ हरु छोप्दै !
भैगो तिम्रो सुरक्षा सहारा र विकाश को आश्वाशन चाहिन्न !
म केवल मेरो माटो चाहन्छु , उखेलिएको जंगे खम्बा हरु जहाँ को त्यहीं चाहान्छु !
म केवल मेरो माटो मा देशको झंडा फरफराएको चाहन्छु !
ए काठमांडू ? कहिले काहीं ,
अमर सिंह , भक्ति थापा र बल भद्र कुवर को वीर गाथा हरु सुन्ने गर !
शहीद हरुको देश प्रेम बुझ्ने गर !
मलाई थाहा छ तिमी अचेल लेंदुप दोर्जे ** झै लोभिएका छौ ! वहकिएका छौ !
हामी कहिल्यै शासित थियेनौ , लढयौ , मर्यों तर सिर झुकाएनौ !
एक पटक त सोच फेरी , एक पटक त रोज फेरी !
दाश बनेर दरवार मा वस्नु या स्वतंत्र भएर छाप्रो मा वस्नु ?
दाश बनेर हैदरावादी बिरयानी खानु की ?
स्वतंत्र भएर गुन्द्रुक ढिँडो खानु ?
दाश बनेर अत्याचार सहनु राम्रोकी ?
स्वतंत्र भएर डटेर लड़नु राम्रो ?
ए काठमांडू ?
म आज फेरी देश दुखी रहेका घाऊ हरु छोप्दै !
छाती मा ज्वालामुखी हरु सम्हाल्दै !
अंतिम पटक तिमी लाइ पर्खी रहेको छु !

** ** ** **

3 thoughts on “देश दुखिरहेका घाऊहरू”

  1. Fabulous, every Nepalese
    Fabulous, every Nepalese heart must be hurt like this especially to the politician And even poets not only in paper but also in real heart.
    Anyway thanks for your beautiful patriotic poem.

    Dev Raj Lamichhane
    Australia
    Home town: Nawalaparasi

  2. ए काठमांडू ?
    म आज फेरी देश

    ए काठमांडू ?
    म आज फेरी देश दुखी रहेका घाऊ हरु छोप्दै !
    छाती मा ज्वालामुखी हरु सम्हाल्दै !
    अंतिम पटक तिमी लाइ पर्खी रहेको छु

    khub6

    manoj kafle
    kuwait

Leave a Reply

Your email address will not be published. Required fields are marked *