Skip to content


ऊसँग आज सडकमै जम्काभेट भयो । अस्ति पनि देखेको थिएँ । हिजो पनि उसले सडकमै दिन कटायो । आज त भेटेँ नै । भोलि पनि उसको स्थान त्यहाँभन्दा माथि जानेवाला छैन । अस्ति कृष्णभक्तको मृत्युको विरोधमा, हिजो वीरभद्रको विरोधमा हिँडेको छ ।

उसलाई थाहा छ, देशमा अमनचयन हुने बेलासम्म उसले यो धर्तीमा श्वास फेरिरहेको हुने छैन । उसलाई अर्को कुरा के पनि थाहा छ भने उसको मृत्यु पनि असामयिक हुन्छ । उसको पनि कसैले निर्मम हत्या गर्छ । उसलाई पनि अमनचयन छैन ।

ऊ एक्लै बसेर धरधरी रोइरहेछ । उसको अगाडि-पछाडि कोही छैन । शून्यतामा बर्बराइरहेछ । जसका लागि उसले सडक तताएको छ, त्यसको त कसैले हत्या गरिसकेको छ । उसका साथीभाइ कोही छैनन् । ऊ केबल अर्को पीडितको आवाज खोजिरहेको छ, आफूलाई केही हुँदा आवाज उठाउने आवाज ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *