Skip to content

माइली

हासिदेउ न माइली तिमी नबसिदेउ रिसाएर
माया सङ्गै माया साटौ माया मिसाएर

तिम्रै यादले मुटु मेरो खान्छ कुटु कुटु
पिरतीको बर्को ओढाउ हुदै लुटुपुटु
नहेरीदेउ माइली तेसै आँखा सन्काएर
माया सङ्गै माया साटौ माया मिसाएर

तिमी हासे फूल हास्छ हासिदिन्छ जुन
रिसाउदा तिमी रुन्छ्न संगीतका धुन
छोडिदेउ घुर्क्याउन नबसिदेउ रिसाएर
माया सङ्गै माया साटौ माया मिसाएर

दररर पानी पर्दा पिरतीले रुझाएर
इन्द्रेणीको सातै रङ्ग आफू सङ्गै लुकाएर
हासिदेउ न माइली अब नबसिदेउ रिसाएर
माया सङ्गै माया साटौ माया मिसाएर

Leave a Reply

Your email address will not be published. Required fields are marked *