Skip to content

शब्दस्मृती

  • by
लाग्थ्यो पत्थर हौ
जब दु:खलाई झेलेको देखें
सोचें हैन रहेछौ
रोएको पनि देखें
ठन्थें देव पछिका हौ
जब सृष्टीत भै संसार देखें
तर लाग्यो मानवभित्र दानब हौ
जब सन्तानको निम्ती अरुलाई छाडेनौ
हैन रहेछौ त्यस्तो नि
चाउरिएको गालामा मुस्कुराउँदै देखें
शीतल छहारी बृक्ष थियौ
सुक्दै गएको रुख झैं किन हुनु
लाग्थ्यो यसरी नै सुकेको रुख उभीरहन्छ
लडेको मुढासरी यो शरीर किन हुनु
ठिकै छ,
सांसारीक रीत मान्नु
जहाँ रहे पनि खुशी रहनु
हाँसी रहनु
आशीर्बाद दिनु ।
(स्व. पिता प्रति)
२०७३ .११.८

Leave a Reply

Your email address will not be published. Required fields are marked *