विद्या बुद्धि भा छ उल्टो रहेन रत्ति ज्ञान
विनाश घुम्दछ काल बनी हास्दछ अज्ञान
हास्दछ अज्ञान
माता पिता अनुज अग्रज वैरभाव छ कति
विनाशकालमा बुद्धि पनि देख्दैन सुमती
देख्दैन सुमती
रिस बल्दछ क्रौध सरि बुझ्दैन प्रेमको ज्ञान
विनाश घुम्छ काल बनी हास्दछ अज्ञान
हास्दछ अज्ञान
भक्त्ती आदर श्रद्धा खोजु कहाँ छ सम भाव
बज्यो घण्टी विनाशको बढ्दो छ अझ घाउ
बढ्दो छ अझ यो घाउ
समय हुँ बोल्दछु सत्य म बुझेर सृष्टिको ज्ञान
विनाश घुम्दछ काल बनी हास्दछ अज्ञान
हास्दछ अज्ञान
फल्दैछ यी वृक्षमा विषका लटरम्म फल
होड चल्या छ जीतको गरेर छल का छ्ल
गरेर छ्ल का छ्ल
पिसिदो छ निर्धन निर्बल धनकै बढ्दो छ मान
विनाश घुम्दछ काल बनी हास्दछ अज्ञान
हास्दछ अज्ञान
ज्ञान अभिमान बढ्दो छ अनन्त यसको मात
सत्य लुटिन्छ दिन दिनै घात माथि प्रतिघात
बढ्दो छ प्रतिघात
चर्म चक्षु इन्द्रिय सबै उल्टो सोच्दछ काम
विनाश घुम्दछ काल बनी हास्दछ अज्ञान
हास्दछ अज्ञान
