Skip to content

आमा

आमा बिहानै उठ्छिन अनि बिहान हुन्छ
बिहान हुनलाइ पनि त आमा उठ्नु पर्छ

आमाले कहिल्यै केही मागिनन् छोराछोरी सङ्ग
मात्र  साझ पर्दा घर छिट्टो आएको हुनुपर्छ

बाउको गन गन भोलिको चिन्ता थाकेको शरीर
अरे आमा हुनलाइ पनि त पटक  पटक मर्नुपर्छ

फुटेका कुर्कुच्चा गाडीएको नाम्लो सन्तानको चिन्ता
आमा अब भन्देउ न है तिमी हुन अरु के के हुनुपर्छ  ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *