Skip to content

आक्रमण र यो देश

झण्डामा आक्रमण
पोशाकमा आक्रमण
सेनाको त्रिशुलमा आक्रमण
पाठ्यक्रममा आक्रमण
भाषामा आक्रमण
टीकामा आक्रमण
टोपीमा आक्रमण
संस्कृतिमा आक्रमण
चाडबाडमा आक्रमण
शास्त्रमा आक्रमण
इतिहासमा आक्रमण
आक्रान्त छ समाज
शिक्षकहरू सडकमा
युवा युवतीहरु परदेशमा
किशोर किशोरीहरु पब जी अनि फ्री फायरमा
गृहीणी र आन्टीहरु टिकटकमा
भविस्य अनिश्चित देख्नेहरु एयरपोर्टमा
गुण्डा गर्दी अस्पतालमा
उपचार गर्ने डाक्टर आन्दोलनमा
वकिलहरु कुटाकुट गर्दै अदालतमा
पाइलटहरु हानाहान गर्दै एयरपोर्टमा

शहर एक्लो छ गाउँ रित्तो छ
छानो उड्यो बाकी भित्तो छ
गाउँ छ लाश छ मलामी छैन
छोरा छ्न बुहारी छ्न आफन्त छैन
खोलो छ पानी छ धारो छैन
बाटो बढ्यो नजिकैको पधेरो छैन
घन्टा छ्न मन्दिर छन पुजारी छैन
वर थिए पङ्खा छ्न पीपल छैन
अलिकति भाषा छ यहाँ भुषा छैन
अब मात्र भूगोल छ देश छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *