Skip to content

बा लाइ प्रश्न

विकास लेख्छु भनेर किनेका सिसाकलम
तुइन तर्दा तर्दै खोलाले बगायो
सिसाकलम सङ्गै मेरा भावना बगे
क्रान्तिका कविता बगे
मेरा उत्साह बगे मेरा आशा र भरोसा पनि बगे
सुनियो ठुला टावर बन्दा देश समृद्ध हुन्छ अरे
तर बा तुइन चुडिदा देश किन चुडिदैन ?

अर्ध काटिएका खुटालाइ सहज बनाउन किनेका बैसाखी
पाखोको भिमकाय पहिरोले बगाइदियो
पहिरो सङ्गै मेरा सहारा बगे
मेरा आत्मबल बगे मेरा घर बगे मेरा सर्वस्व बगे
शारदाको रौद्ररुपले मेरा स्मृति समेत बगे
बा भनिदिनुस न
सिंहदरबारमा महिनै पिच्छे सत्ताको बाढी आउदा
जनताका के के बग्छ्न होला ?

सुन्दर शान्त र समृद्ध नेपाल कसले हेरिदिने
देख्ने आँखाहरु सबै बाहिरिएका छ्न
धमिला र तिल्मिल्याउदा आँखाहरुले अँध्यारो बाहेक केही देख्दैनन
नदेख्ने आँखाले अध्यारोमा भेटेको सुन्दरता
नसुन्ने कानले सुनेका शान्तीका मृदु सङ्गीत
शरीरका अंग नभएर पाएको समृद्धि
सबैथोक सक्किएर कसरी पूर्ण भयौं
बा के अब त आफै देखि पनि दया लाग्दैन हो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *