समय फेर्छ काँचुली मन फेर्दैन
किन अबुझ बनिरहन्छ मलाई नै टेर्दैन
तिम्रो रुप शृङ्गार हेर्न यो मन बस्छ
छोडी जाने होइन तिम्मै रमिरहन्छ
तिम्रा आँखा चोरी चोरी बाँचन सक्दिन
हिमाल् पहाड तराई म छाडन सक्दिन
हिमालको हिउँ हाम्रो शरीरभरको छाती
पहाड छेक्छ सबै हाम्रा न राम्रा न जाती
अन्न उब्जाइ खुवाउँछ हाम्रो उर्वर तराई
देश हाम्रो जग्मगाउदो स्वर्गधाम गराई
जगतको चिन्तन यस्तै भाव धामजस्तो
आत्मा हाम्रो जोडिएको बुद्ध धामजस्तो
यी आगाहरू मनका चडेछन यी बदनमा
बिर्सेर स्वयमलाई छरेछ्न गगनमा
कता कता सल्बलाई यो चेतनालाई पारी घाम
जीवनका सतहमा छरिरहेछ कति विधान