ओ कवि ज्यु आउनुहोस आज केही लेखौ
मानिस विनाको गाउँ लेखौ
पानी बिनाको धारा लेखौ
डाक्टर बिनाको हस्पिटल लेखौ शिक्षक बिनाको विद्यालय लेखौ
जनता बिनाको राज्य लेखौ
कानुन बिनाको देश लेखौ
मसि र कागज अलिकता बजे
लौ न कवि ज्यु
शासक विनाको राष्ट्र लेखौ
ओ कवि ज्यु
भो कति गर्ने राष्ट्रवादका कुरा
बरु एउटा कविता लेखौ
चुडिएका तुइन लेखौ
पुछिएका सिउदा लेखौ
टुक्रीएका शव लेखौ
नफर्किएका छोराछोरीहरुको बाटो लेखौ
दशै आउदा सम्म बन्द भएका दैलोमा
सिमली परेका भित्ता र बढेको जङ्गल लेखौ
लौन कवि ज्यु
गुण्डाहरुको अराजक लेखौ
ओ कवि ज्यु
छोडिदिनुस राष्ट्रवादका कुरा
बरु एउटा कविता लेखौ
भुइचालो र पहिरो लेखौ
बाढी र भोकमरी लेखौ
महङ्गाइ र भ्रष्टाचार लेखौ
समय अझै बचेछ भने
लौ न कवि ज्यु
देशका काण्डै काण्ड लेखौ
ओ कवि ज्यु
भो राष्ट्रवादका कुरा
बरु एउटा कविता लेखौ
