दिनरात तिमीलाई सम्झी बेहोसमा परेकी छु
बाँचेको त नाटक गरेँ जिउँदैमा मरेकी छु ।
आजसम्म विगतले पछ्याएर रहिदिँदा
तिम्रो यादमा तड्पिएर मैले आँसु भरेकी छु ।
तिम्रो बाटो अर्को भन्ने मैले थाहा पाए पनि
विरानो त्यो बाटोभरि हरपल हेर्ने गरेकी छु ।
जिन्दगीको बीच खोलामा पुर्याएर हराइदियौ
पार गर्न कठिन भए पनि जँघार एक्लै तरेकी छु ।
दयाको त नाउँ गाउँ तिमीसँग नपाउँदा
बाध्यता र विवशतामा अन्तै डेरा सरेकी छु ।
-कुइभिर-९, ओखलढुङ्गा
