मिटिङ हल पुरै शान्त थियो। पावरपोइन्टको स्लाइडमा कम्पनीको अर्को वर्षको योजना चलिरहेको थियो। सबै जना गम्भीर मुद्रामा थिए। एक्कासि, टेबलमाथि राखिएको फोन भाइब्रेटले पुरै माहोल शान्त बनाइदियो।
त्यो कम्पनले वातावरणमा अजीब किसिमको तरंग फैलायो। कोही केही बोलेनन् । सबैले चुपचाप एक अर्काको मुख हेराहेर गरे अनि अगाडि बसेका उच्च पदस्थ अधिकृतले भनीहाले “Please keep your phone on silent.”
विनोद झस्कियो। हतार-हतार फोन उठायो र हेर्दै नहेरी कल काटिदियो। “सरी सर…” भन्दै उसले मोबाइल नै अफ गरिदियो। फेरि ध्यान स्लाइडतर्फ मोड्ने कोसिस गर्यो। तर त्यो एक भाइब्रेशनले उसको भित्री आत्मालाई सुनामीले झै हल्लाइसकेको थियो।
विनोद सधैं झैं शालीन थियो। सात वर्षदेखि उही कम्पनीमा निष्ठापूर्वक काम गर्दै आएको, सधैं मुस्कुराइरहने। आज ऊ एक सिनियर अपरेशन्स म्यानेजरको रूपमा महत्त्वपूर्ण प्रेजेन्टेसन दिइरहेको थियो। रीजनल मिटिङ थियो, हेड अफिसबाट आएका वरिष्ठ अधिकृतहरू उपस्थित थिए।
प्रेजेन्टेसन सकियो। गललल ताली बज्यो। सबैले प्रशंसा गरे। GM ले हात मिलाएर भने “गुड जब Mr. विनोद ” ।
त्यसपछी सबै जना रिफ्रेसमेन्टतिर लागे। तर विनोद… उही कुर्सीमा टोलाइरहेको थियो टेबलतिर टोलाएर हेर्दै।
जहाँ त्यो फोन अहिलेसम्म स्विच अफ नै थियो। अचानक उसले मोबाइल अन गर्यो। जुनबेला मोबाइल अन भयो, तुरुन्तै ३/४ वटा म्यासेजहरू ट्याङ ट्याङ ट्याङ गर्दै आए। उ एक छिन अत्तालियो। मिसकलका म्यासेज सङ्ग सङ्गै अन्तिम म्यासेज थियो “विनोद, चाँडै फोन गर। आमाको स्वास्थ्य अचानक बिग्रियो। हामी आमालाइ अस्पताल लाँदैछौं।”
समय: १२:१७ PM
उसले घडी हेऱ्यो — २:०५ PM
अर्थात् त्यो भाइब्रेट, जुन उसले काटेको थियो…आमाको अन्तिम कल थियो। हडबडाउदै उसले भाइ सन्तोषलाई फोन गर्यो। सन्तोषले फोन उठायो। आवाज भारी थियो।
“विनोद… आमा हामीमाझ रहनु भएन…”
त्यो वाक्यले विनोदलाई संसारभरिको तुवाँलोभित्र धकेलिदियो। “के…? के भनेको भाइ तैले…?”
“बस… फोन काटिएको थियो… र अब… के भन्नु यार…”
फोन हातबाट खस्यो। आँखा रसाए। चुपचाप, कुर्सीमा बसिरह्यो।
चारैतिर मानिसहरू थिए। कसैले उसलाई नहेरेपनि, उसमा संसार ठप्प भएको थियो। उसकालागी संसार पुरै अन्धकार भैसकेको थियो।
“यदि…”
उसको मनमा एकैपटक सारा दृश्यहरु घुम्न थाल्यो ।बिहान आमाले भन्नुभएको कुरा “बाबु, एकछिन कुरा गरौंन?”
ऊ हतारमा थियो “आमा, आज मिटिङ छ, बेलुकि म डिउटी सकेर आउछु अनि मज्जाले कुरा गरौं न है!” त्यसपछि आमा चुप लाग्नुभयो।
त्यही चुप्पी… जीवनको अन्तिम चुप्पी बन्यो।
हतार हतार HR बाट पासपोर्ट मगाएर उ इमर्जेन्सी टिकट काटेर ( दुबाइ To काठमाडौ // काठमाडौं To बिराटनगर ) झापा आफ्नो गाउँ पुग्यो, आमाको शरीर सेतो चादरले ढाकिएको थियो। काखभरी माया दिने ती हातहरू, कहिल्यै नउठ्ने गरि सेलाएका थिए। छोरा भनेर बोलाउने ती आवाज अब कहिल्यै नबोल्ने भएर बसेका थिए , छोराको आगमनमा नाच्ने, छोराको पर्खाइमा बाटा भरि ओछ्याइएका आँखा अब कहिल्यै नहेर्ने भएर बन्द थिए । रुदै चिच्याउदै भाव विह्वल भएर धेरै कुरा सुनाउदै थियो तर ती सुनिदिने कान अब नितान्त पत्थर चै भएका थिए। भाइले भन्यो ” दाइ अस्पताल लैजाँदै गर्दा… आमाले तेरो नाम लिनुभएको थियो… अन्तिमपल्ट…” त्यो पल…जसले विनोदलाई जीवनभर पीडा दिने विष बनेर पासोमा अड्किरह्यो।
आज आमा वितेको दुई वर्ष भइसक्यो। विनोद उही कम्पनीमा काम गर्छ। उसले अझ राम्रो पर्फरमेन्स देखाइरहेको छ। अझ जिम्मेवार भएर बाँचिरहेको छ। तर एउटा कुरो उसले परिवर्तन गर्यो उ फोन कहिल्यै बेवास्ता गर्दैन।
एकदिन अफिसमा नर्मल मिटिङ थियो नयाँ कर्मचारी John को फोन बज्यो। ऊ बाहिर जान लाग्दा केहीले रोक्न खोजे ,तर विनोदले भन्यो—”Sorry, that might be an important call . Please let him go.”
थप ५ मिनेटमा John फर्कियो, आँखामा आँसु लिएर
“Sir… my father had an accident. I need to go to India.
विनोदले उसको काँधमा हात राखेर यति मात्र भन्यो “John… your real meeting today is there. Go.”
आज हामी मीटिङ, टार्गेट, प्रेजेन्टेसन, करियर… यिनैको भीडमा दौडिरहेका छौं। तर कहिलेकाहीँ फोनको कम्पन मात्रले जीवनको दिशा बदल्न सक्छ। एक अधुरो कलले… एक अधुरो कथा लेखिन्छ। हामीले सोच्दैनौं आज जुन आवाज बेवास्ता गर्यौं, त्यो अन्तिम आवाज पनि हुन सक्छ।
आमा-बुबाको फोन, घरको कल, साथीको म्यासेज… कहिल्यै पनि “फुर्सदमा हेर्छु” भन्नु हुँदैन। किनभने, “फुर्सद आउनेछ, तर सायदै ती मान्छेहरू दोहोरिएर आउनेछन।”
❤️ याद राखौँ…
मिटिङ, प्रेजेन्टेसन, जागिर त फेरि पनि पाइन्छ। पैसा फेरि पनि कमाउन सकिन्छ तर सम्बन्ध र आफन्त भने फेरि फेरि कमाउन सकिदैन ।