मझेरी धन्यबाद तिमीलाई
मुरीमुरी मुटुको स्पन्द स्पन्दबाट
पाठकलाई लेखक बनाउछौ
अनि बिष्लेखक लेखक बाट
सादा पाना भावनाले भरिने
तिमी नै हौ मनको बह साटिदिने
अनगिन्ती तरङ्गहरु मिलनबिछोडका
अनि दु:खसुख तिमीनै हौ बाटिदिने
हजारौ मौरीलाई सम्हाल्ने रानी
मह झै मीठो रचना छाप्ने तिम्रो बानी
तठस्त केन्द्रबिन्दु झै अडिग बन
तिम्रो महानता हो बुझिदिन्छौ हाम्रो मन
सारथी तिमि साहित्य भण्डारको रथमा
नटुटोस पाङ्ग्राहरु तिमी हिड्ने पथमा
साहित्यका कोसेलीहरु छाप्दै जाऊ
करोडौ मुटुहरुमा हुनेछ तिम्रो ठाऊ
ईन्द्र
हाल अजमान
