नजाऊ भनेको मान्दै नमानी
गयौ प्राण-प्यारा इच्छा नजानी ।
बिगार् यौ मलाई प्यारी भनेर
रुवाएर एक्लै माया नधानी ।
बिदेशी भएझैँ बस्छौ निरासी
सुकाएर मेरो आधा जवानी ।
भएछौ बिरामी आफैँ कसोरी
भुलाएर ब्यर्थै भाग्यौ परानी ।
उठाएर गोर्खे लौरी मलाई
बिताएर रात्री लुट्दै बिहानी
गोर्खे साइँलो
विशालमार्ग नारायणगढ चितवन ।
बहरे मुतकारिब मुसम्मन् अस्लम ख
सूत्र – फऊलुन् + फऊलुन् + फैलुन् + फऊलुन् +
।ऽऽ।ऽऽऽऽ।ऽऽ

प्रिय मित्र
“नजान्ने धामिको
प्रिय मित्र
“नजान्ने धामिको ठूलो ढ्याङ्ग्रो भन्छन्”सायद तपाईको भावनाको मुल तत्वलाई बुझ्न नसकेर होला मलाई कुनै कुराहरु अलिक अनौठो र असभ्य लागयो ।
“उठाएर गोर्खे लौरी मलाई
बिताएर रात्री लुट्दै बिहानी”
गोर्खे लौरीको प्रतिकात्मक अर्थ तलको हरफको सन्दर्भमा लेख्नेलाई भन्दा नि पढ्नेलाई लाज भयो भनेर ढ्याङ्ग्रो ठोठाउन मन लागयो ।
ती हरफहरुलाई यसरि पनि लेख्न सकिने सम्भावना देखेको छु ।
“उठाएर गोर्खे लौरी मलाई
बिताएर रात्री लुट्दै बिहानी”
“अश्मिता मेरो लुटी छाडेउ रुवाइ मलाई
छायो औसिको रात आएन कैले बिहानि”
सुन्नु भा होला नि-
“खुकुरी भन्दा कर्दो लाग्ने,माऊ भन्दा बच्चा जान्ने”
” बहरे मुतकारिब मुसम्मन् अस्लम ख
सूत्र – फऊलुन् + फऊलुन् + फैलुन् + फऊलुन् +”
।ऽऽ।ऽऽऽऽ।ऽऽ
यसको आबस्यक्ता खासै छैन जस्तो देख्छु ।
ईन्द्र कुमार सुनुवार
धन्यवाद शर,
धन्यवाद शर,
धन्यवाद शर,
धन्यवाद शर, तपाईको सुझाव आफैँमा आधारित अवश्यै पनि छ होला तर बहरको नाम आवश्यक छैन भन्ने तपाइँको भनाइ प्रति म सहमत हुन सकिन । तपाइँ बहरमा गजल लेख्न साह्रै सिपालु हुनुहुन्छ होला तर हामी जस्ता भर्खर गजलको ग लेख्न बामेसर्दै गरेका बिद्यार्थीहरुको लागि गजलका सूत्र र बहरका नाम अनि उदाहारण अपरिहार्य नै हुन्छ भन्ने लागेर यही मझेरी डटकमको सहारामा दुइसय चौधवटा बहरको बारेमा यौटा सानो लेख प्रकाशित गरिएको थियो । शायद झन्झट नलागेको भए यहाँले पनि अध्ययन गर्न भयो होला । हस त अन्यथा नसम्झनुहोला ।
– गोखेसाइँलो