Skip to content

नेपाली हाम्रो श्रम र सीप

  • by


नेपाल बाँचे नेपाली भन्ने मानिस बाँच्दछ
नेपाली भाषा, साहित्य, कला, संस्कृति साँच्दछ

एसैले आऊ नेपाललाई बलियो बनाऊँ
नेपाली हाम्रो श्रम र सीप स्वदेश मै लगाऊँ

नेपाल भोकै रहन्छ सीतो एउटैले नखाए
नेपाल नाँगै रहन्छ टालो एउटैले नलाए

एसैले आऊ गास र बास सबैलाई पुर्‍याऊँ
नेपाली हाम्रो श्रम र सीप स्वदेश मै लगाऊँ

पहाड भन्छ पसीना पाए मँ स्वर्ग भुलाउँथेँ
मधेश भन्छ अक्किल पाए मँ सुन झुलाउँथेँ

के छ र गाह्रो होष्टे मा हैँसे सबैले मिलाए
सबैले चोखो श्रम र सीप स्वदेश मै लगाए

प्रकृति ले नै सिंगारे जस्ता पहाड मैदान
गौरवशाली बुद्ध र पृथ्वी पूर्वज महान

सुन्दर माथी सुन्दर थपौं गौरव बढाऊँ
नेपाली हाम्रो श्रम र सीप स्वदेशमै लगाऊँ

(कविको आफ्नै हिज्जे नियम )

Leave a Reply

Your email address will not be published. Required fields are marked *