Skip to content

मिर्मिरेमा बास्ने भालेहरु
आजकल बास्न छोडेका छन्
खै कुन्नि किन हो ?
कौशी भरि ……………
असरल्ल छन्
मान्छेले छोडेका चाराहरु…/
ओथारोमै चिसिएका छन् फूलहरु
ममताको अभाबमा

सुनिन्छ भालेहरु
मारिएका छन मर्नु अगावै
कुहिएका छन
गाडिनु अगावै ../
नियति भोगीरहे छन
भालेहरु …
भाले हुनुको …..////

भाले नबास्दै आजकाल
मिर्मिरेमा आउछ दिन
भालेहरुकै अवसानको खबरलिएर
हरेक बिहान आउछ यो दिन
तर
फर्केनन् भालेहरु ……….
********************************************

Leave a Reply

Your email address will not be published. Required fields are marked *